नेपाल मिडिया काउन्सिल कानून संशोधन सम्वन्धि विधेयक फिर्तालिनु पर्छ : गच्छदार

नेपाल मिडिया काउन्सिल कानून संशोधन सम्वन्धि विधेयक फिर्तालिनु पर्छ : गच्छदार

विराटनगर, ४ जेठ ।
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संसदमा दर्ता गरेको नेपाल मिडिया काउन्सिल कानून संशोधन सम्वन्धि विधेयक फिर्तालिनु पर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै उनले संचारमाध्यमले के लेख्ने के नलेख्ने आफैले विचार पु¥याउनुपर्ने बताउँदैे कुनैपनि बहानामा प्रेस स्वतन्त्रतामा अंकुस लगाउने कार्य गर्न नहुने बताए । गच्छदारले प्रतिपक्ष दलको हैसियतले नेपाली काँग्रेस प्रेस जगतको अधिकार माथि प्रहार एवम् कुन्ठित गर्ने जुनसुकै विधेयकको सदैव विरोध गर्ने धारणा व्यक्त गरे ।
उपसभापति गच्छदारले संसदमा दर्ता गरिएको सुरक्षा परिषद र मानवअधिकार सम्वन्धी विधेयकले लोकतान्त्रिक विधि र संघीयता तथा संसदीय प्रजातन्त्रलाई कमजोर पार्ने हुनाले सरकारले त्यो विधेयक सम्वन्धमा प्रतिपक्षसंग सल्लाह एवम सहमति गरि ल्याउनु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्