चेतना संरक्षण प्रतिष्ठानमा कवि उमेश लुइँटेलको एकल कविता वाचन

चेतना संरक्षण प्रतिष्ठानमा कवि उमेश लुइँटेलको एकल कविता वाचन

विराटनगर, ४ जेठ ।
चेतना संरक्षण प्रतिष्ठानको आयोजनामा कवि उमेश लुइँटेलको एकल कविता वाचन सम्पन्न भएको छ ।

मकालु टेलिभिजनको सभाहलमा भएको कार्यक्रममा लुइँटेलले विभिन्न शीर्षकका ६ वटा कविता वाचन गरेका थिए ।
प्रतिष्ठानको ३५ औं शृंखलाका रुपमा आयोजित कार्यक्रममा लुइँटेलले समसामयिक विषयलाई आधार बनाएर लेखिएका कविता प्रस्तुत गरे ।
दुई दशकदेखि कविता लेखनमा सक्रिय लुइँटेलका कवितासंग्रह प्रकाशित छन् । कविता वाचन अघि अग्रज साहित्यकार रमाप्रसाद रिजाल र प्रतिष्ठानकी उपाध्यक्ष सरला चापागाईंले अविर र खादा लगाइदिएर लुइँटेललाई सम्मान गरेकी थिईन् । कार्यक्रममा प्रतिष्ठानका महासचिव उमेश दाहालले विगत ३ वर्षदेखि हरेक महिनाको पहिलो शुक्रबार एकल र सामूहिक सिर्जना वाचन कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्