प्रेस युनियन मोरङका तीन पुरस्कार घोषणा

प्रेस युनियन मोरङका तीन पुरस्कार घोषणा

विराटनगर, ४  जेठ । नेपाल प्रेस युनियन मोरङले पत्रकारितासंग सम्बन्धित तीनवटा पुरस्कारको घोषणा गरेको छ ।

युनियनको शुत्रबार विराटनगरमा बसेको पुरस्कार छनौट समितिको बैठकले ती पुरस्कार पत्रकारितामा सक्रिय तीनजनालई समपर्ण गर्ने निर्णय गरेको हो । रमाप्रसाद–मायादेवी रिजाल पुरस्कार न्यूसृष्टि दैनिकका प्रधान सम्पादक शंकर खरेल, शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार कान्तिपुरका प्रदेश १ संयोजक माधव घिमिरे र शैलजा आचार्य स्मृति पत्रकार महिला पुरस्कार न्यूज २४ टेलिभिजनकी प्रदेश ब्युरो प्रमुख तारा आचार्यलाई दिने निर्णय गरिएको छनौट समितिका संयोजक लिलावल्लभ घिमिरेले बताए ।
पुरस्कारको राशी जनही पन्ध्र हजार तथा प्रमाण पत्र रहेको छ । रमाप्रसाद–मायादेवी पुरस्कारका लागि प्रजातन्त्र सेनाी रमाप्रसाद रिजालका परिवारले युनियनसंगको सहकार्यमा २ लाख रुपैयाँको अक्षकोष स्थापना गरी हस्तान्तरण गर्न थालिएको हो ।
पुरस्कार युनियनको स्थापना दिवसको दिन जेठ १३ गते प्रदान गरिने युनियनका मोरङ अध्यक्ष कुमार लुइँटेलले जानकारी दिनुभयो । यसैगरी कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले स्थापना गर्नु भएको शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार जेठ दोस्रो साता नै प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्