विराटनगरमा निर्वाचन लक्षित प्रशिक्षण शुरु, अबको निर्वाचन प्रणाली प्रविधिमैत्री हुने

विराटनगरमा निर्वाचन लक्षित प्रशिक्षण शुरु, अबको निर्वाचन प्रणाली प्रविधिमैत्री हुने

विराटनगर, ४ जेठ ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीलाई प्रविधिमैत्री र मितब्ययी बनाउन आयोगले काम गरिरहेको बताउनु भएकाे छ ।

निर्वाचन कार्यालयका प्रमुख र कर्मचारीलाई लक्षितगरी प्रदेश १ को राजधानी विराटनगरमा शनिबारबाट शुरु भएको ४ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताउनुभएको हो । निर्वाचनलाई निष्पक्ष, मितब्ययी र जनताको विश्वासिलो बनाउन सुधार आवश्यक रहेकाले आयोगले काम गरिरहेको उहाँले बताउनुभयाे ।

आगामी ५ वर्षमा विभिन्न ५ वटा मुख्य विषय वस्तुलाई केन्द्रीत गरेर आयोगले सुधारका काम गर्न लागेको उनले जानकारी दिए। ७ गतेसम्म चल्ने प्रशिक्षणका सहभागीलाई निर्वाचन प्रचारप्रसार खर्च, निर्वाचन विवाद निरुपण, राजनितिक दल दर्ता तथा आय ब्यय विवरण, निर्वाचन जोखिम ब्यवस्थापन तथा मतदाता दर्ता सफ्टवेयर सञ्चालनसम्बन्धी तालिम दिइने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्