विराटनगरमा उभौली पर्वको रौनक, मन्त्री जीवन घिमिरे चण्डी नाचमा झुमे

विराटनगरमा उभौली पर्वको रौनक, मन्त्री जीवन घिमिरे चण्डी नाचमा झुमे

प्रेम देवान
विराटनगर, ४ जेठ । किराँत धर्मालम्बीहरुको महान पर्व उभौली शनिबारबाट सुरुभएको छ । वर्षमा २ पटक मनाईने पर्व यसपटकको उभौली पर्व किराँत समुदायले विभिन्न कार्यक्रम गरी मनाएका छन् । विराटनगरमा पनि उभौली पर्व किराँत समुदायले भव्य रुपमा मनाए ।

किराँत राई यायोक्खा नगर कार्य समितिको आयोजनामा विराटनगर ११ साकेला थानमा सामुदायिक चुला भवनको शिलान्यास समेत गरिएको छ । भवनको सामाजिक विकास मन्त्री जिवन घिमिरेले शिलान्यस गर्नुभयो । करिब २ करोडको लागतमा निर्माण गर्न लागिएको भवन २ तले रहने भएको छ ।

शिल्यानास पछि मन्त्री घिमिरेले पछिल्लो समय हरेक चाडपर्बमा मौलिकता हराउँदै जान थालेको बताउनुभयो । प्रविधिको प्रभावका कारण मौलिक भाषासंस्कृति संकटमा पर्दै गएको बताउनुभयो ।
उहांले टेलिभिजन, इन्टरनेट र मोबाईल लगायतका प्रविधिको सहज उपलब्धता संगै बाहिरी संस्कृतिको अनुसरण गर्ने प्रबृति बढेका कारण नेपाली मौलिक संस्कृति संकटमा परेको बताउनुभयो ।
मन्त्री घिमिरेले किराँत समुदायको नया पुस्तामा समेत त्यसप्रकारको प्रभाव देखिएको बताउँदै समाजका अगुवाहरुले भाषासंस्कृतिको संरक्षणमा बिशेष जोड दिनुपर्ने बताउनुभयो । उहांले प्रदेश १ मा बोलिने १ सय १६ भाषा तथा संस्कृतिहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको समेत स्पष्ट पार्नुभयो । भवन निर्माणमा उद्योग पर्यटन, वन मन्त्रालय मार्फत प्रदेश सरकारले १० लाख अनुदान दिएको जानकारी दिनुभयो ।
चण्डी नाचमा झुमेका मन्त्री
कार्यक्रमका सहभागिले परम्परागत मौलिक भेषभुषामा सजिएर साकेला सिल्लि नाचेका थिए । सहभागिसंगै मन्त्री घिमिरे समेत नाच्नु भएको थियो । सो अवसरमा विराटनगर ११ स्थित साकेला थानमा पुजाआजा सहित,परम्परागत नृत्य र प्रसाद विरतण लगायतका कार्यक्रम गरिएको आयोजक संस्थाकी अध्यक्ष विष्णुकुमारी राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्