अर्खौलेका सुवेदी इटहरीमा संगठित

अर्खौलेका सुवेदी इटहरीमा संगठित

विराटनगर, ४ जेठ । खोटाङ अर्खौले पुर्खौली थालो भई देशका विभिन्न स्थानमा बस्दै आएका सुवेदी बन्धुहरू संगठित भएका छन् । शनिबार सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सहभागी सुवेदी बन्धुहरूले टिकाराम सुवेदीको अध्यक्षतामा तदर्थ समिति गठन गरेका हुन् ।
समितिको वरिष्ठ उपाध्यक्षमा कविप्रसाद सुवेदी, उपाध्यक्षमा होमनाथ सुवेदी, सचिवमा गोपाल सुवेदी र कोषाध्यक्षमा देवराज सुवेदी चयन भएका छन् ।
यस्तै सदस्यहरूमा, राधाकृष्ण सुवेदी, नारायण सुवेदी, सुरेश सुवेदी, विनोद सुवेदी, सन्तोष सुवेदी र राधा सुवेदी चयन भएका छन् ।
अर्खौलेका सुवेदीहरूको वंशावली निर्माण समिति पनि गठन गरिएको छ । टिकाराम सुवेदीकै संयोजकत्वमा गठीत समितिले वंशावलीका लागि नाम संकलन गर्ने र वंशावली पुस्तक तयार गर्ने जिम्मेवारी समेत पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्