विराटनगरस्थित राष्ट्रसेवकको कविता प्रतियोगितामा सिंगल प्रथम

विराटनगरस्थित राष्ट्रसेवकको कविता प्रतियोगितामा सिंगल प्रथम

विराटनगर, ४ जेठ । विराटनगरस्थित राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा कवि शिवनारायण पण्डित ‘सिंगल’ प्रथम हुनुभएको छ ।

बुद्धजयन्तीको अवसर पारेर आयोजना गरेको प्रतियोगितामा २८ जना प्रतिस्पर्धीलाई उछिन्दै प्रथम हुनुभएका सिंगलले नगद १० हजारसमेत प्राप्त गर्नुभयो । यस्तै प्रतियोगितामा रोमा निरौला द्वितीय, महेश साह तृतीय र योगराज दाहाल सान्त्वना हुनुभयो । उहाँहरुलाई क्रमशः ८, ५ र ३ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कृत सबैलाई कार्यक्रमकी प्रमुख अतिथि प्राज्ञ गंगा सुवेदीले नगद र प्रमाणपत्र प्रदान गर्नुभयो ।
त्यस्तै समारोहमा साहित्यकार भरत गुरागार्इंं र लावण्य सापकोटालाई सम्मान गरिएको थियो । कार्यक्रममा मधु पोखरेल, मीनकुमार नवोदित, शुभलक्ष्मी लम्साल, तारानाथ पोखरेल, स्वयम्भुनाथ कार्कीलगायतका अतिथि कविहरुले पनि अप्रतियोगी सिर्जना प्रस्तुत गर्नुभएको थियो । बुद्धजयन्तीको अवसर पारेर सहकारीले हरेक वर्ष खुल्ला कविता प्रतियोगिता आयोजना गर्दै आएको संस्थाका अध्यक्ष जीवन काफ्लेले जानकारी दिनुभयो ।
उहाँले अर्को वर्षदेखि प्रतियोगितालाई प्रदेशस्तरीय बनाउने बताउनुभयो । कार्यक्रमा प्राज्ञ गंगा सुवेदी, नेपाल निजामती कर्मचारी संगठन मोरङका अध्यक्ष ओमराज सुवेदी, सहकारीका उपाध्यक्ष उपाध्यक्ष प्रदीपकुमार पाण्डे, सचिव मुरारीप्रसाद घिमिरेलगायतले मन्तव्य व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्