हिसान मोरङमा नयाँ कार्यसमिति , अध्यक्षमा राजेश कार्की निर्विरोध निर्वाचित

हिसान मोरङमा नयाँ कार्यसमिति , अध्यक्षमा राजेश कार्की निर्विरोध निर्वाचित

विराटनगर जेठ ५ , 

उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ (हिसान) मोरङ जिल्लाको नया कार्य समिति चयन भएको छ ।

समितिको अध्यक्षमा बिराटनगरको अरनिको कलेजका प्रिन्सिपल राजेशकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् ।शनिबार विराटनगरमा भएको हिसानकोे चौथों महाधिवेशनले राजेश कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिती निर्वाचित गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अमित ढकाल निर्वाचित भएका छन् भने उपाध्यक्षद्वयमा उद्धव भट्टराई र टिएन तिम्सीना, सचिवमा दिनेश दाहाल, सह–सचिवमा रामचन्द्र कोईराला, कोषाध्यक्षमा भेषराज नेपाल (भुवन) र सह–कोषाध्यक्षमा सुर्यनारायण मेहता निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा मनिष सोनी, दिपेन भट्टराई, पून्यप्रसाद लिङदेन, सकलदेव साह र सरोज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । हिसान मोरङमा ३१ वटा उच्च माविहरू आवद्ध छन् ।

केन्द्रीय हिसान प्रतिनिधि सहितको उपस्तिथिमा उक्त महाधिवेशन बिराटनगरको बिग होटेलमा सम्पन्न भएको  हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्