नेपाल नर्सिङ संघको भवन निर्माणको काम विराटनगरमा शुरु, मेयरले गरे सिलान्यास

<span class='c1'>नेपाल नर्सिङ संघको भवन निर्माणको काम</span> <span class='c2'>विराटनगरमा शुरु, मेयरले गरे सिलान्यास</span>

विराटनगर ६ जेठ ।
विराटनगर महानगरमा नेपाल नर्सिङ संघ मोरङको भबन बन्ने भएको छ । विराटनगर वडा नम्बर ४ मा बन्ने भवनको शिलान्यास सोमवार विराटनगर महानगरका मेयर भीम पराजुलीले गरेका हुन् । नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालले उपलब्ध गराएको १० धुर जग्गामा ४ कोठे भवन बन्न लागेको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै मेयर पराजुलीले नर्सिङ पेशा र हकहितका सवालमा संस्थाले दर्बिलो भएर काम गर्न आबश्यक भएको बताए । पेशागतरुपमा अझै पनि श्रमशोषण हुने गरेका घटना बाहिर आइरहेको र यसलाई संबोधन गर्ने संस्था जागरुक हुनु आबश्यक भएको उनको भनाइ थियो ।
भवन निर्माणका लागि महानगरले यथासक्य सहयोग गर्ने आश्वासन मेयर पराजुलीले दिए । यस्तै नर्सिङ संघ केन्द्रिय उपाध्यक्ष तारा शाहले सेवाभावका साथ काम गर्ने नर्सिङ स्टाफ अनेकन उल्झनका साथ काम गरिरहनु परेको बताइन् ।
राज्यले नर्सहरुको सुरक्षा, सेवा र भैपरी आउने उल्झनका विषयमा सोच्न जरुरी भएको बताइन् ।
कार्यक्रममा नर्सिङ स्टाफ पुनम गिरीले भवन निर्माणका लागि १ लाख १ सय १ रुपैया प्रदान गरेकी छन् । यस्तै संघकी अध्यक्ष कविता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, नोवेल मेडिकल कलेजका लोकानाथ न्यौपाने, इन्दिरा शर्मा, संघकी सचिव मेनुका भण्डारी लगायतले आ–आफ्ना धारणा ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्