गान्धीका हत्याराको जन्म दिन मनाउने ६ जना पक्राउ

गान्धीका हत्याराको जन्म दिन मनाउने ६ जना पक्राउ

काठमाडौँ, ७ जेठ । महात्मा गान्धीको हत्या गर्ने नाथुराम गोडसेको जन्म दिन मनाउने ६ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ।

गुजरातको सूरतस्थित लियाबत क्षेत्रमा रहेको एक मन्दिरमा गान्धीका हत्या गोडसेको जन्मदिन मनाएको अरोपमा सोमबार प्रहरीले हिन्दू दक्षिणपन्थी राष्ट्रवादी दल हिन्दू महासभाका ६ जना कार्यकतालाई पक्राउ गरेको हो।

सूरत प्रहरी आयुक्त सतीश शर्माका अनुसार हिन्दू महासभाका कार्यकर्ताले त्यहाँको सूर्यमुखी हनुमान मन्दिर परिसरमा गोड्सेको जन्म दिन मनाएका थिए।

गोड्से सन् १९१० को मे १९ मा जन्मिएका थिए। प्रहरीका अनुसार उनीहरुले मन्दिर परिसरमा गोड्सेको तस्वीर नजिकै दियो जलाएका थिए, मिठाइ बाटेको थिए र भजन गाएका थिए।

हिन्दू राष्ट्रवादाको वकालत गर्ने गोड्सेले सन् १९४८ को जनवरी ३० मा हत्या गरेका थिए।गोडसेले भारत विभाजनका बेला गान्धीले मुस्लिमका राजनीतिक मागप्रति नरम भएको मान्थे।

गान्धी हत्याको एक वर्षपछि उनलाई फाँसी दिइएको थियो। उनी हिन्दू राष्ट्रवादी संगठन राष्ट्रिय स्वयं संगठन (आरएसएस) सदस्य समेत थिए। सन् १९४० मा उनले आरएसएस छाडेर सशस्त्र समूह बनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्