कोलकाताबाट रक्सौल र विराटनगर आइरहेको कार्गोमा विद्युतीय डिभाइस लगाउने

कोलकाताबाट रक्सौल र विराटनगर आइरहेको कार्गोमा विद्युतीय डिभाइस लगाउने

विराटनगर, ८ जेठ । ट्रान्ससिपमेन्ट मोडल अन्तर्गत कोलकाताबाट रक्सौल र विराटनगर आइरहेको कार्गोमा विद्युतीय डिभाइस लगाउने भारतीय कम्पनी ट्रान्स सेक्युरले विराटनगर, वीरगञ्ज र कोलकातामा कल सेन्टरको स्थापना गर्ने भएको छ।

नेपालस्थित एसियाली विकास बैंकका भन्सार विज्ञ श्याम दाहालसित भएको बैठकमा ट्रान्स सेक्युरले तीन ठाउँमा कल सेन्टरको स्थापना गर्ने प्रतिबद्धता प्रकट गरेको हो।

विद्युतीय कार्गोका विषयमा बुझ्न वा चासो राख्न कहाँ सम्पर्क गर्ने भनी नेपाली आयातकर्ताले आफू अन्योलमा परेको बताइरहेका बेला कल सेन्टरको कार्यक्रम आएको छ।

ट्रान्स सेक्युरका भारत प्रमुख उदित चौधरीले २ महिनाभित्र नै कल सेन्टरको स्थापना गर्ने बताएको दाहालले जानकारी दिए। प्रमुख चौधरीले ट्रान्स सेक्युरको आधिकारिक वेब साइटमा गएर आफ्नो विद्युतीय कार्गोको अवस्थाका बारेमा जानकारी लिन सकिने बताए।

पैठारीकर्ताले आफ्नो कार्गोको अवस्थाका बारेमा बुझ्न वेब साइटमा कन्टेनरको नम्बर र एक्जिम कोड उल्लेख गर्नुपर्नेछ। यसपछि उक्त कन्टेनर कति बेला र्याकमा लोड गरियो, कति बेला हिँड्यो, बथनाहा वा रक्सौल कति बेला आइपुग्यो र कति बेला डिभाइस निकालियो भनेर हेर्न सकिन्छ।

ट्रान्ससिपमेन्ट मोडलमा विद्युतीय कार्गो कोलकाताबाट वीरगञ्ज सुक्खा बन्दरगाहसम्म सुचारु छ। तर विराटनगरमा आइसिपीको निर्माण र हस्तान्तरण अझै नसकिएका कारण पैठारीकर्ताहरू सडक मार्गबाटै कारोबार गरिरहेका छन्। बिजमाण्डू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्