तास खेलिरहेको अवस्थामा विराटनगर महानगरपालिका–१६ बाट ८ जना पक्राउ

तास खेलिरहेको अवस्थामा विराटनगर महानगरपालिका–१६ बाट   ८ जना पक्राउ

विराटनगर, ८ जेठ । तास खेलिरहेको अवस्थामा विराटनगर महानगरपालिका–१६ बाट प्रहरीले मंगलबार राति ८ जनालाई पक्राउ गरेको छ।

कैलाश डंगोलको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको हो। मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार पक्राउ परेकाको साथबाट ६३ हजार ५ सय ७५ नेपाली रुपैयाँ र एक हजार तीन सय भारतीय रुपैयाँ बरामद भएको छ।

तासको खालबाट ७ बुक तास पनि फेला परेको छ। पक्राउ परेकाविरुद्ध बुधबार जुवा ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको एसपी केसीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्