विराटनगरको मेरिल्याण्ड कलेज तीनवटै विधामा नेपाल प्रथम

विराटनगरको मेरिल्याण्ड कलेज तीनवटै विधामा नेपाल प्रथम

विराटनगर, ८ जेठ । विराटनगरको रङ्गेली रोडमा रहेको मेरिल्याण्ड कलेज २०७५ सालको तीनवटै विद्यामा नेपाल प्रथम भएको छ ।

बि.स. २०५९ सालमा स्थपना भएको कलेजले देशभरिकै ४ हजार भन्दा बढी उ.मा.वि. मध्ये मेरिल्याण्डले पहिलो स्थानमा परेको छ । २०७५ सालको कक्षा ११ को नतिजामा छात्रा पुजा शाह र निशाा पोखरेलले समान ३.९२ जी.पी.ए. ल्याएर नेपाल प्रथम हुन सफल भएका हुन् ।

त्यस्तै सिम्रन अग्रवाल वि.वि.एस. प्रथम बर्षमा नेपाल भरी नै सबैभन्दा बढी ७७ प्रतिशत अंक ल्याएर नेपाल प्रथम हुन सफल भएकी छिन । त्यसैगरी सि.ए. तर्फ आईक्यानले लिएको परिक्षामा २२ वर्षको काठमाण्डौको इतिहाँस तोड्दै उपत्यकाबाहिर पहिलोपटक क्याप टु मा मेरिल्याण्डका प्रनिशा श्रेष्ठले नेपाल प्रथम स्थान प्राप्त गरिन ।
२०६३ सालमा छात्र किन्जल पोखरेलले वि.वि.एस.मा नेपाल प्रथम भई तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट स्वर्ण पदक प्राप्त गरेका थिए । मेरिल्याण्ड २०६३ देखि २०७३ सालसम्म सधै टपटेनमा पर्न सफल र २०७४ साल नेपाल दोश्रो हुन सफल भएको छ । हाल प्लस टु र बिबिए गरी २ हजार ३ सय ७ विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्