झापाबाट १७ किलो लागु औषध चरेससहित तीन जना पक्राउ

झापाबाट १७ किलो लागु औषध चरेससहित तीन जना पक्राउ

झापा, ९ जेठ ।
झापाको काँकडभिट्टाबाट १७ किलो लागु औषध चरेससहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर– ८ का सञ्जय दर्जी, मनोज दर्जी र धनकुटा पाख्रीबास–४ का राजकुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । चरेससहित उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा अन्तरगतको लागू औषध नियन्त्रण ब्युरो टोलीले मेचीनगर–८ टोकला बगानस्थित रमाइलो बस्तीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका सञ्जयसँग चरेस रहेको गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्