भारतीय संसदीय निर्वाचनको मतगणना सुरु , प्रारम्भिक चरणमा भाजपाको अग्रता

भारतीय संसदीय निर्वाचनको मतगणना सुरु , प्रारम्भिक चरणमा भाजपाको अग्रता

एजेन्सी । विश्वकै ठूलो लोकतन्त्र मानिने भारतीय संसदीय निर्वाचनको मतगणना सुरु भएको छ ।

अप्रिल ११ देखि मे १९ बीच सात चरणमा सम्पन्न भएको निर्वाचनको मतगणना मे २३ मा गर्ने पूर्व निर्धारित समय तालिका थियो । सोही अनुरुप स्थानीय समय अनुसार विहान ८ बजेबाट मतगणना सुरु भयो ।

विहान ९ बजेसम्म ६६ स्थानका मतगणनाको परिणाम प्रारम्भिक नतिजा बाहिरिएका छन् । यसमा सत्तारुढ भाजपाले धेरै सिटमा अग्रता लिइरहेको छ ।

बीबीसी हिन्दीले दिएको तथ्याकंमा यसबेलासम्म ६६ मध्ये ४० सिटमा भाजपा अग्रस्थानमा छ । त्यस्तै प्रमुख विपक्षी भारतीय राष्ट्रिय कांग्रेस १८ स्थानमा आग्रता लिइको छ । त्यस्तै बाँकी ८ स्थानमा भने अन्य पार्टीले अघि देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्