नेपाली चलचित्र ‘जात्रै जात्रा’को कलाकार टोली विराटनगर

नेपाली चलचित्र ‘जात्रै जात्रा’को कलाकार टोली विराटनगर

प्रेम देवान
विराटनगर, ९ जेठ । नेपाली चलचित्र जात्रैजात्राको कलाकार सहितको टिम विराटनगर आईपुगेको छ । गएको शुक्रबार देखि अल नेपाल प्रर्दशनमा अएको चलचित्रले राम्रो उचाई लिएको छ ।

छक्का पञ्चापछि नेपाली सिनेक्षेत्रमा दर्शकको मन जितेको अर्को फिल्म हो ‘जात्रै जात्रा’ । जात्रै जात्राको निर्माण टिम र कलाकार दर्शकसँग फिल्मको प्रत्यक्ष साक्षात्कार गर्ने उद्देश्यले मोफसल टुरमा निस्किएको निर्माण कम्पनीले जनाएको छ ।
मुख्यतः फिल्मको विषयमा जानकारी दिन बिपिन कार्की, वर्षा राउत , रबिन्द्र सिङ्ह बानिया, सन्जोक कोईराला , निर्देशक प्रदिप भट्टराई हाल पुर्वका हलहरुमा ब्यस्त छन् ।

विर्तामोड, दमक, इटहरी, विराट्नगर, धरानका सिनेमा हलहरुमा गएर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न आएका हुन् । विहीबार विराटनगरमा पनि कलाकार र फिल्मका निर्देशक सहितको टोली विराटनगर आएर सञ्चारकर्मीहरुसँग साक्षात्कार गरेका छन् । पूर्व भिजिट गरिरहदाँ दर्शकहरुको राम्रै प्रतिक्रिया आएको कलाकार एवं फिल्मका निर्माता रवीन्द्र सिंह बानियाँले बताए ।
कलाकारहरुले विराटनगरमा रहेको सेन्ट्रल मल्टिप्लेक्स हल, सिटी सिनेमा लगायतका हलहरुमा भिजिट गरेको छन् । ‘जात्रै जात्रा’ मा विपिन र वर्षाका अलावा दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्