सुन्दर हरैचामा टिप्परको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सुन्दर हरैचामा टिप्परको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

विराटनगर, ९ जेठ । मोरङको सुन्दरहरैचा १० मा कुलपुजा मनाउन केराबारी तर्फ जाँदै गरेका  टिप्परको ठक्करवाट एक ब्यक्तिको मृत्यु भएको छ ।

को १ ख ४३५५ नम्बरको टिप्परको ठक्कर वाट मे ५ प ५५०० नम्बरको मोटरसाइकल चालक केरावारी ९ देवीझोडा बस्ने बर्ष ४८ का बमबहादुर बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । केराबारीबाट खोर्साने तर्फ आउँदै गरेको टिप्परले विपरित दिशामा रहेको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका बस्नेतको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट बेलबारीका प्रमुख लिला श्रेष्ठले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्