भाजपा एक्लैको बहुमत–तीनसय ४ सिटमा विजयी, फेरि मोदी

भाजपा एक्लैको बहुमत–तीनसय ४ सिटमा विजयी, फेरि मोदी

काठमाडौं, १० जेठ। भारतीय लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) एक्लैको बहुमत आएको छ । सरकार बनाउनका लागि आवश्यक दुई सय ७२ सिट आवश्यक पर्ने भए पनि भाजपा एक्लैले ३ सय बढी मत ल्याएको छ भने भाजपाको गठबन्धन नेसनल डेमोक्र्याटिक अलाइन्स(एनडीए) ले ३५० सिट जितेको छ ।
भारतीय जनता पार्टी एक्लैले ३०४ स्थानमा जित हासिल गरेको छ ।

प्रतिपक्षमा रहेको कांग्रेसले भने यसपालि पनि ठूलो धक्का लागेको छ । कांग्रेस गठबन्धनले जम्मा ८३ सिट जितेको  कांग्रेस एक्लैले भने जम्मा ५३ स्थानमा जित हासिल गरेको छ । सन् २०१४ मा भएको निर्वाचनमा भाजपा एक्लैको २८२ सिट थियो भने कांग्रेस आईले त्यसबेला ४३ सिटमा जित हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्