मोरङका माछा उत्पादक किसानले भने, ‘अनुदानमा बृद्धि गरिनुपर्छ’

मोरङका माछा उत्पादक किसानले भने, ‘अनुदानमा बृद्धि गरिनुपर्छ’

विराटनगर, ११ जेठ ।
माछापालक किसानलाई थप प्रोत्साहित गर्नुपर्ने किसानले माग गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई मत्स्य जोन समितिले आयोजना गरेको मोरङ जिल्लामा माछा उत्पादन विषयक अन्तरक्रियामा सहभागि किसानले प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका हुन ।

माछापालनको क्रममा किसानले झेल्नुपरेको चुनौतीहरुलाई न्युनिकरण गर्न सरोकारवालाले बिशेष ध्यान दिनुपर्ने समेत बताएका छन । उनीहरुले माछाका लागि पोशिलो आहारा सहज र सुलभ मूल्यमा उपलब्ध गराउनुपर्ने, उचित बजार मुल्य निर्धारण गर्नुपर्ने र किसानलाई प्राविधिक ज्ञान, तालिम आदिमा जोड दिनुपर्ने बताएका छन ।
माछा किसानहरुले माछा जोन भित्र माछाको मूल्यमा एक रुपता कायम हुनपर्ने, माछामा लाग्ने रोग उपचार व्यवस्था हुनुपर्ने,अक्सिजनको कमी न्यूनिकरणका लागि एरिटेयटर , कम्पे्रसर मेशिन आदिमा दिइने अनुदानमा वृद्धि गर्नुपर्ने माग राखे ।
जोन सञ्चालक समितिका अध्यक्ष गणेश उपे्रेतीले आधुनिक कृषि प्रणालीको उपयोग गरी माछा खेतीलाई उद्योगको रुपमा विकास गर्दै जानुपर्ने बताए । मोरङको कटहरी,धनपालथान गाँउपालिका र रंगेली नगरपालिकामा माछा जोन अन्तर्गत नयाँ र पुरानो गरी तीन सय हेक्टर जमीनमा एक हजार किसानहरुले माछा खेती गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्