बिराटनगरकी शिक्षाको पछि लागे बले र कक्रोज , नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

बिराटनगरकी शिक्षाको पछि लागे बले र कक्रोज , नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

बिराटनगर जेठ ११ ,

बिराटनगरकी शिक्षा संग्रौला अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । मिस नेपालको २०१८ मा टप २५ प्रतियोगी समेत रहेकी संग्रौलाको भिडियोमा  हास्य सिरियल ‘भद्रगोल’का कलाकार सागर लम्साल (बले) र हरि निरौला (कक्रोज)को अभिनय रहेको  छ । गीतको बोल ‘क्यालकुलेटर’ सार्वजनिक भएको हो ।

भिडियोमा कमलमान नेपाल, मधुसुदन पाठक र गम्भीर बिष्टको समेत अभिनय देख्न सकिन्छ ।
शंकर थापा (स्माइल) र विजय अधिकारीको स्वर रहेको गीतमा डिपी खनालको शब्द र बिष्णु अधिकारीको संगीत रहेको छ ।

भिडियोमा भने नवराज उप्रेतीको छायाँकन, नविन निरौलाको सम्पादन र नृत्य तथा निर्देशक गम्भीर बिष्टको रहेको छ ।

https://www.youtube.com/watch?v=Bbv9KqApxVs

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्