विराटनगरबाट प्रकाशित हुने न्यू सृष्टि दैनिकका प्रधान सम्पादक खरेल पुरस्कृत

विराटनगरबाट प्रकाशित हुने न्यू सृष्टि दैनिकका प्रधान सम्पादक खरेल पुरस्कृत

विराटनगर ११ जेठ । दाहाल प्रतिष्ठानले न्यू सृष्टि दैनिकका प्रकाशक÷प्रधानसम्पादक शंकर खरेललाई स्व. विद्यादेवी बाबुराम सरस्वती दाहाल सेवा पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
प्रतिष्ठानले शनिबार विराटनगरमा एकसाथ आयोजना गरेको महत्वपूर्ण तीन कार्यक्रममा वरिष्ठ पत्रकार खरेललाई १५ हजार राशिको पत्रकारिता पुरस्कारबाट पुरस्कृत एवं सम्मानित गरेको हो ।
खरेलले प्राप्त पुरस्कार राशिमा थप गरेर विराटनगर–१ र १९ का ४३ विद्यार्थीलाई पोशाक प्रदान गर्ने बताए । यो कार्यक्रम जेठ २५ गते हुनेछ ।
प्रतिष्ठानले आयोजना गरेको सम्मान, हवन कुण्ड तथा जमराघर शिलान्यास एवं वंशावली विमोचन कार्यक्रममा दाहाल सेवा प्रतिष्ठानका संस्थापक अध्यक्ष शालिग्राम दाहाल, दाहाल प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शालिग्राम दाहाल र स्व. विद्यादेवी बाबुराम सरस्वती दाहाल सेवा कोषका अध्यक्ष बाबुराम दाहालले खरेललाई सम्मानसहित पुरस्कृत गरे ।
प्रतिष्ठानले गोविन्द पोखरेल, गीता घिमिरे, चेतनाथ पोखरेल, बुद्धिबहादुर मगर, खगेन्द्र दासी र मनोज भट्टराईलाई स्व. विद्यादेवी बाबुराम सरस्वती दाहाल सम्मान प्रदान गरेको छ । प्रतिष्ठानले विभिन्न सामुदायिक स्कुलमा अध्ययनरत ९ विद्यार्थीलाई नगद सहित पुरस्कृत गरेको छ । डा. तीर्थराज कोइराला र डा. मिना कोइराला कोषबाट अनिता दाहाललाई ११ हजार र राजकुमार साहीलाई ७ हजार नगद सहित पुरस्कृत गरेको छ ।
अमेरिकामा रहेका डाक्टर दम्पत्तिले आफू अध्ययनरत सुनसरी बागझोरा माध्यमिक विद्यालयका ५ जेहेन्दार विद्यार्थी मुन्नी शर्मा, एन्जीला खडका, दिपिका साह, सौरभ साह र शुशिला चौधरीलाई जनही ३ हजार नगद प्रदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्