विराटनगरमा विश्व थाइराईड दिवस विभिन्न कार्यक्रम गरि मनाईयो

विराटनगरमा विश्व थाइराईड दिवस विभिन्न कार्यक्रम गरि मनाईयो

विराटनगर, ११ जेठ । ‘थाइराइडबाट सचेत होऔं र सचेत गराऔं’ भन्ने नाराका साथ विराटनगरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
विश्व थाइराईड दिवसका अवसरमा शनिबार विराटनगरमा इन्डोक्राइन क्लिनिक र लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेजनल विराटनगरको सयुक्त आयोजना तथा महानगरपालिकाको सहयोगमा विविध कार्यक्रम गरी मनाइएको छ ।
दिवसको अवसरमा विराटनगरमा र्याली निकालिएको थियो । र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । हस्पिटल चौकबाट निस्केको र्याली, जलजला मोड, पूरानो डिएसपी रोड, गोल्छा चौक हुदै विराटनगर महानगरपालिकाको कार्यालयमा पुगेर समापन भएको थियो । कार्यक्रममा बोल्दै कोसी अञ्पतालका फिजिसियन डाक्टर उत्तर मैनालीले बिना कारण बजन बढ्ने, थकान लाग्ने, कपाल झर्ने, छाला सुख्खा हुने, अनियमित महिनावारी यसका लक्षण भएको बताउनु भयो । उहाँले थाइराइड डिजअर्डर गल ग्रन्थिको खराबीको कारण यो रोग लाग्ने गरेको बताउनु भयो । र्यालीमा विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कलेज, संघ सस्था, व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रम संयोजक रविन रोयले जानकारी दिनुभयो ।

यसैवीच बिश्व थाईराईड दिवशको अबसरमा आज बिराटनगरमा नि ः शुल्क थाईराइड जाच गरीएको छ । बिराटनगर १२ स्थित बागेश्वरी मेडीकल स्टोरको आयोजनामा २२ जनाको थाईराइड जाच गरीएको आयोजक संजय देवले बताउनुभयो । डाक्टर ज्योतिशचन्द्र झा ले बिरामीहरुलाई सचेतनामुलक कार्यक्रम सहित थाईराईड परिक्षण गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्