विराटनगरको सेन्ट्रल मल शुभारम्भ बम्पर पुरस्कार सार्वजनिक, को कसले पाए पुरस्कार (नाम सहित)

<span class='c1'>विराटनगरको सेन्ट्रल मल शुभारम्भ बम्पर पुरस्कार सार्वजनिक,</span> <span class='c2'>को कसले पाए पुरस्कार (नाम सहित)</span>

विराटनगर, १२ जेठ ।
विराटनगरको मेन रोडमा गत वैशाखदेखि संचालनमा आएको सेन्ट्रल मलले आयोजना गरेको शुभारम्भ कार्यक्रम अन्र्तगतको बम्पर पुरस्कार सार्वजनिक गरेको छ । सेन्ट्रल मलले शनिबार एक साङगीतिक कार्यक्रमको आयोजना गरि बम्पर उपहार सार्वजनिक गरेको हो ।

सेन्ट्रल मलमा एक हजार भन्दा बढीको सामान गरिद गरे वापत लक्की ड कुपनको व्यावस्था गरिएको थियो । बम्पर पुरस्कार अन्र्तगत युरोप भ्रमणका लागि विराटनगर २ का विवेक चौहान भाग्यमानी विजेता भएका छन ।
उनले युरोप टुरको आउने–जाने दुवैको खर्च सेन्ट्रल मलले व्यहोर्ने छ । त्यसैगरी लक्की ड्र अन्तरगत विराटनगर कै सुष्मा सुब्बाले यामाहा वाईक पाएकी छिन् ।

करिब एक महिनाको अबधिमा सामान खरिद गर्न आएका मध्येबाट तेस्रो पुरस्कार अन्तर्गत विराटनगर ९ की उर्मिला कार्कीले यामाहा कम्पनीको स्कुटी हात पारेकी छिन् ।
लक्की ड कुपन यामाहा कम्पनी विराटनगर शो रुमका आकाश पराजुली र रविन श्रेष्ठले कुपन छनौट गरेका थिए ।
साथै पुरस्कार सार्वजनिक कार्यक्रममा माइस्ट्री डान्स गाईज गु्रपका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । बम्पर पुरस्कार आगामी जेठ १८ गते शनिबार प्रदान गरिने सेन्ट्रल मलका अप्रेसन मेनेजर गिरिस राठीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्