दोस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफमा नोबेल बिजयी

<span class='c1'>दोस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज</span> <span class='c2'>हाजिरी जवाफमा नोबेल बिजयी</span>

बिराटनगर, १२ जेठ । दोस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगितामा बिराटनगर स्थित नोबेल मेडिकल कलेज बिजयी भएको छ । वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आयोजित प्रतियोगितामा नोबेलको टिम बिजयी बनेको हो ।

प्रतियोगितामा नोबेलका कौशल सिग्देल, सुनिल ढुंगाना र सागर न्यौपाने सहभागि थिए । बिजयी भएसँगै उनीहरुले ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै प्रतियोगितामा वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान दोस्रो र काठमाण्डौ यूनिभर्सिटी स्कुल अफ मेडिकल साईन्सेस धुलिखेलको टिम तृतिय बनेको आयोजक स्टुडेन्ट वेलफेर सोसाईटीले जनाएको छ ।
दुई दिनसम्म भएको प्रतियोगितामा टिचिङ अस्पताल, नेपाल आर्मी, मनिपाल, बिराट लगायत देशभरका १० मेडिकल कलेजका १५ टिम सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्