विराटनगरमा हुने नोवेल मिस नेवाःको फाइनलका लागि १६ युवती छनौट

<span class='c1'>विराटनगरमा हुने नोवेल मिस नेवाःको</span> <span class='c2'>फाइनलका लागि १६ युवती छनौट</span>

विराटनगर, १२ जेठ । नोवेल मिस नेवाः को फाइनलका लागि १६ जना युवतीहरू छनौट भएका छन् । विराटनगर, इटहरी, धरान, विराटचोकमा भएको विभिन्न छनौट चरण पारेर गरेर उनीहरू फाइनलमा प्रवेश गरेका हुन् ।

विराटनगर सहित पथरी, विराटचोक, टंकीसिवारी, इटहरी, धरान लगायतका युवतीहरू छनौट भएका छन् । नेवारी समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यले मिस नेवाः आयोजना गर्न लागिएको आयोजक मञ्जिना मुभिज प्रालिका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी दिए । यसपटकको मिस नेवाःको टाइटल स्पोन्सर नोवेल मेडिकल कलेज रहेको छ ।
छनौटमा साहित्यकार सरिता तुलाधर, पत्रकार एवं कवि मीनकुमार नवोदित र यसअघिकी विजेता सुधा श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । उनीहरूले नेवारी संस्कृति, महिलाको अवस्थालगायतका विभिन्न विषयमा प्रश्न राखेका थिए ।
१६ देखि २५ वर्ष उमेर समूहका नेवारी समुदायका युवतीहरू प्रतिस्पर्धामा सहभागी गराइएको ताम्राकारले बताए । एसइईदेखि स्नातकसम्म अध्ययन गरेका युवतीहरू प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेवारी समुदायको भेषभुषा र संस्कृतिप्रति युवापुस्तालाई आकर्षित गर्दै उनीहरूभित्र रहेको प्रतिभा प्रस्फुटन गराउन प्रयोगिता आयोजना गरिएको ताम्राकारले बताए । यो तेस्रो शृंखला हो । यसअघि दुईवटा शृंखला सम्पन्न भइसकेको छ ।
पहिलोमा रइसा श्रेष्ठ र दोस्रोमा सुधा श्रेष्ठले उपाधि जितेका थिए । फाइनलमा प्रवेश गरेका युवतीहरूलाई यही बिहीबारदेखि विराटनगरमा बन्द प्रशिक्षणमा राखिनेछ ।
विगतमा विराटनगर र आसपासका क्षेत्रलाई समेटेर प्रतियोगिता आयोजना हुने गरेको थियो । “प्रतियोगितामा युवतीहरूको सहभागिताले हामी निकै उत्साहित भएका छौं, “ उनले भने, “प्रतियोगितामा जितेर मात्रै होइन युवतीहरूले केही न केही सिकेर पनि जानेछन् ।” प्रतियोगितामा युवतीहरूको सहभागिताले आफू उत्साहित भएको उनले बताए ।
विजेतालाई स्कुटी, ५ लाख रुपैयाँ बराबरको जीवन बिमासहितका आकर्षक पुरस्कार प्रदान गरिनेछ । त्यस्तै म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत विजेताले प्राप्त गर्ने ताम्राकारले बताए । यही जेठ अन्तिम साता विराटनगरस्थित वीरेन्द्र सहभागृहमा भव्य समारोहका बीच प्रतियोगिताको फाइनल हुनेछ । प्रतियोगितामा राष्ट्रियस्तरका कलाकारहरूको समेत सहभागिता रहने प्रबन्ध निर्देशक ताम्राकारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्