विराटनगरकी दुवै हात गुमाएकी मेघा घिमिरेको पहिलो म्युजिक भिडियो सार्वजनिक

<span class='c1'>विराटनगरकी दुवै हात गुमाएकी मेघा</span> <span class='c2'>घिमिरेको पहिलो म्युजिक भिडियो सार्वजनिक</span>

विराटनगर १३ जेठ । विराटनगर ८ हाटखोलाकी २१ बर्षिया मेघा घिमिरेले अभिनय गरेको पहिलो म्यूजिक भिडियो युटुव मार्फत सार्वजनिक भएका छ ।
उनको २०७२ साल पुष २५ गते करेन्ट लागेर दुवै हात गुमाउन पुगेकी थिईन् । पछिल्लो समय उनलाई कृतिम हात लगाउन देश तथा विदेशबाट नेपालीहरुले सहयोग गर्दै आएका छन् । पहिलो पटक म्यूजिक भिडियोको अनुभव रमाईलो लागेको मेघाले आवर विराटनगरलाई बताईन् । पहिलो म्यूजिक भिडियो राम्रो भयो भने आगामी दिनहरुमा पनि म्यूजिक भिडियोमा अभिनय गर्ने बताईन् ।

यसैविच मेघाले अभिनय गरेको म्यूजिक भिडीयोलाई बिक्रम भण्डारीको आधुनिक गित”यो मन भित्र”म्युजिक नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेको छ ।

मेलिना राईको सुमधुर स्वरमा रहेको गीतमा मनोज बिक्रम भण्डारीको शब्द रहेको छ भने संगीत श्रीकृष्ण बम मल्लको रहेको छ । देवराज आचार्यले निर्देशन गरेको म्युजिक भिडियोलाई पदम सुबेदीले सम्पादन गरेका छन् ।

राम केसीले छायाकन गरेको उक्त म्युजिक भिडियो देवराज आचार्य, भगेरी चरी गीतबाट एकाएक चर्चामा आएकी मोडल संगम शर्मा ,सविता आचार्य,पुष्पा चन्द्र बुढाथोकी र दिया बुढाथोकीको अभिनय रहेको छ ।

म्युजिक भिडियो

https://youtu.be/Q2IbkhpoIH8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्