विराटनगर १३ जेठ । मोरङ ब्यापार संघले विराटनगरबाट प्रकाशित हुने न्यु सृस्टि दैनिकका प्रकाशक तथा प्रधान सम्पादक शंकर खरेललाई ३१ हजार राशीको पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
संघको ६४ औँ साघारण सभाको उदघाटन समारोहमा सोमबार प्रमुख अतिथि नेकपाका अध्यक्ष पुष्प कमल दाहालले खरेललाई सम्मान सहित पत्रकारिता पुरस्कार प्रदान गरेका हुन् । खरेललाई ३ दिन अगाडि मात्रै दाहाल प्रतिष्ठान विराटनगरले १५ हजार राशीको पत्रकारिता पुरस्कार प्रदान गरेको थियो । । खरेलले सो पुरस्कार राशिमा थप गरेर विराटनगर–१ र १९ का ४३ विद्यार्थीलाई पोशाक प्रदान गर्ने घोषणा गरिसकेका छन् ।