मानव अधिकार हननका बिषय उजुरी परेपनि कार्यान्वयन नभएको अधिकारवादीकै गुनासो

मानव अधिकार हननका बिषय उजुरी परेपनि कार्यान्वयन नभएको अधिकारवादीकै गुनासो

विराटनगर, १४ जेठ ।
विगतको भन्दा नागरीकले अधिकार हासिल गर्ने अवस्था सुधारोन्मुख रहेपनि सन्तोषजनक नरहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।

राष्ट्रिय मानवअधिकार आयोगको १९ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजित प्रदेश एकको मानवअधिकारको अवस्था र आयोग बिषयक छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन । पाँचथरका अधिकारकर्मी प्रेम ओझाले संबिधानमा मानवअधिकार सुनिश्चित गरिएपनि कार्यान्वय पक्ष फितलो भएका कारण नागरीक अधिकारको अवस्था सन्तोषजनक नरहेको बताउनुभयो वपरडेककी केन्द्रीय अध्यक्ष संजु साहले जीवनका विभिन्न पक्षलाई समेटेर सुनिश्चित गरिएको मानवअधिकार ब्यवहारिकरुपमा कार्यान्वय हुननसकेको बताउनुभयो ।
दलित अधिकारकर्मी अमर बराईलीले आयोगले मानवअधिकार उल्लंघन भएको बिषयमा उजुरी छानबीन गरेर कार्यान्वयनका निम्ति केन्द्रीय कार्यालयमा पठाउने गरेपनि त्यो कार्यान्वयन नहुने गरेको दाबी गर्नुभयो । आयोगका प्रदेश एकका निमित्त निर्देशक मोहनदेव जोशीले विगतको तुलनामा नागरीकले पाउने अधिकारको अवस्था सुधारोन्मुख रहेपनि सन्तोषजनक भने नरहेको बताउनुभयो ।
उहांले चालु आर्थिकबर्षमा हालसम्म ४० वटा उजुरी छानबीन गरेर केन्द्रीय कार्यालयमा पठाइसकिएको र अषाढ मसान्तभित्रै थप ३५ वटा उजुरी छानिवन गरी पठाइने जानकारी दिनुभयो । प्रदेश एकमा मानवअधिकार उल्लंघनका बिषयमा चालुबर्षमा हालसम्म ५ सय ३४ वटा उजुरी परेको आयोगले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्