९ जनाको हत्या घटना: मिक्लाजुङ गाउँपालिकामा आज शोक बिदा

९ जनाको हत्या घटना: मिक्लाजुङ गाउँपालिकामा आज शोक बिदा

पाँचथर,१४ जेठ । मिक्लाजुङ गाउँपालिकामा मङ्गलबार शोक बिदा गरिने भएको छ । गाउँ कार्यपालिकाको बैठकले यही जेठ ६ गते मिक्लाजुङ–३, आरुबोटेमा भएको विभत्स हत्या भएका विद्यार्थी बालबालिकाको आत्माको चिरशान्तिको कामना गर्दै एक दिन बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाका सबै शैक्षिक संस्थामा शोक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिनुभयो । हत्याकाण्डमा मारिएका नौ जनामध्ये १२ वर्षीया युहाना, १० वर्षीया मुना, आशिका र आठ वर्षीया इक्सा स्थानीय आरुबोटे माविका विद्यार्थी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्