लागुऔषध प्रयोगबाट घर र समुदायलाई जोगाउन आमाहरुको भुमिका महत्वपुर्ण

<span class='c1'>लागुऔषध प्रयोगबाट घर र समुदायलाई</span> <span class='c2'>जोगाउन आमाहरुको भुमिका महत्वपुर्ण</span>

विराटनगर, १४ जेठ । लागुऔषध प्रयोगबाट घर र समुदायलाई जोगाउन आमाहरुको भुमिका महत्वपुर्ण हुने सरोकारवालाहरुले बताएका छन् । पत्रकार महिलाहरुको संस्था सञ्चारिका समुह मोरङले मंगलबारबाट शुरु गरेको लागुपदार्थ उपचार तथा पुनःस्थापना कार्यक्रममा सरोकारवालाहरुले घरको नेतृत्व गर्ने महिलाहरुले नै आफ्ना छोराछोरी दुब्र्यसनमा लागेको वा नलागेको, उनिहरुको चालचलन, संगत जस्ता विषय हेरेर सुधार गर्न लाग्नुपर्ने बताएका हुन ।
कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले लागुऔषध दुव्र्यसन ठुलो समस्याको रुपमा रहेको र बढ्दै गएका कारण यसको न्युनिकरण अभियान तिव्र रुपमा गर्न आबश्यक भएको बताउनुभयो । घरमा आमा नै बालवालिकाको पहिलो विद्यालय भएकोले दुब्र्यसन रहित नैतिकवान् बनाउन आमाहरु सचेत हुनुपर्नेमा जोड दिनुभयो।
नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समितिका महासचिव विवेक गौतमले विस्तारै विकराल रुप लिदै गएको लागुऔषध प्रयोग र ओसारपसारमा धेरै युवा संलग्न भएको पाइएकोले यो पुर्ण रुपमा नियन्त्रणमा लिन जरुरी रहेको बताउनुभयो । यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष बन्धु पोखरेलले दुब्र्यनीबाट युवाहरुलाई जोगाउन जरुरी रहेको भन्दै प्रयोगकर्तालाई उपचार र पुनःस्र्थापनामा पनि समस्या हुने गरेको बताउनुभयो ।
सञ्चारिका समुह प्रदेश एक अध्यक्ष इन्दिरा भट्टराई, जिल्ला प्रहरी कार्यालय मोरङ महिला बालवालिका सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक जमुना बस्नेत, विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ललिता योन्जनले सहजीकरण गर्नुभएको थियो । तालिममा ३२ जना महिला तथा किशोरीहरुको सहभागिता रहेको सञ्चारिका समुह मोरङकी अध्यक्ष तारा आचार्यले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्