करोडपतिका पहिलो विजेता राजिव जैनलाई विराटनगरको अरनिको स्कुलमा सम्मान

<span class='c1'>करोडपतिका पहिलो विजेता राजिव जैनलाई</span> <span class='c2'>विराटनगरको अरनिको स्कुलमा सम्मान</span>

विराटनगर, १५ जेठ । को बन्छ करोडपतिका पहिलो विजेता विराटनगरका राजिब जैनलाई विराटनगर–१० मा अरनीको सेकेण्डरी स्कूलले सम्मान गरेको छ ।

एपी वान टेलिभिजनबाट प्रशारणमा रहेको को बन्छ करोडपतिमा पहिलोपटक एक करोड जित्न सफल अरनिको स्कूलका पूर्व विद्यार्थी जैनलाई स्कूलले सम्मान पत्रले सम्मान गरेको हो ।
राजिवले विराटनगरको अरनिको स्कुलबाट २०४८ सालमा एसएलसी परीक्षामा मोरङ प्रथम भएका थिए । उनलाई स्कुलका प्रिन्सिपल राजेश कार्की र सञ्चालक विकास खनाल लगायतले सम्मान गरे । सम्मानित जैनले करोडपति हुदाँको अनुभव उपस्थीत विद्यार्थीलाई सुनाएका थिए । उनले भारतमा कोन बनेगा करोडपतिमा सन २००२ मा आवेदन दिएका थिए तर त्यसमा टप १०० मा पुग्न सफल भएपनि १८ बर्ष पछि आफ्नै मातृभुमीमा सञ्चालन भएको को बन्छ करोडपतिमा आफ्नो सपना पुरा भएको बताएका थिए ।
सोही अवसरमा जैनलाई कमला राजबहादुर कुँवर समाज सेवा गठीले समेत सम्मान गरेको छ । गुठीका अध्यक्ष दिनेशराज सुवेदीले जैनलाई सम्मान पत्रले सम्मान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्