विराटनगरको दिव्य–ज्योती अस्पतालमा ओपिडी सेवा एक महिनासम्म नि:शुल्क

विराटनगरको दिव्य–ज्योती अस्पतालमा ओपिडी सेवा  एक महिनासम्म नि:शुल्क

प्रेम देवान ।
विराटनगर, १६ जेठ । विराटनगर १४ मलाय रोडमा संचालनमा आएको दिव्य–ज्योती हस्पिटलले आफ्ना सेवाग्राहीलाई एक महिनासम्म निशुल्क ओपिडी सेवा प्रदान दिएसँगै विरामीको चाप बढ्न थालेको छ ।

सर्वसाधारण जनतालाई स्वास्थ्य सेवा उपलव्ध गराउने उदेश्यका साथ गत वैशाख २८ गतेदेखि संचालनमा आएको अस्पतालले सेवाग्राहीलाई एक महिनासम्म निःशुल्क ओपिडी सेवा प्रदान गरेको हो ।
न्यूनतम शुल्कमा दक्षजनशक्तिद्वारा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पताललमा विराटनगर लगायत सीमावर्ती भारतीय शहरका विरामीहरु पनि आउने गरेको अस्पतालका कार्यकारी निर्देशक कमलेश कर्णले जानकारी दिए ।

अस्पताल संचालनमा आएको एक महिनासम्म सेवाग्राहीलाई उपचार खर्चमा सहज होस् भनेर निशुल्क ओपिडी सेवा प्रदान गरेको उनले बताए । अस्पतालमा सेवा लिन आएका सेवाग्राहीलाई अब १५– २० दिनसम्म हामीले आँखा , कान , नाक, घाटी, बालरोग विशेषज्ञ र फिजिसिन सेवामा छुटको व्यावस्था मिलाईएको कर्णले बताए ।
करिब ६ करोडको लगानीमा संचालनमा आएको अस्पतालमा दक्ष चिकित्सकद्वारा २४ घण्टे सेवा, दैनिक वहिरङ्ङ , स्त्री रोग तथा प्रसुति ,नवजात शिश तथा बाल रोग, आँखा जाँच तथा शल्यक्रियाका सबै व्यवस्था रहेको अस्पतालका सुचना अधिकारी रामसेवक साहले बताए । साहका अनुसार, नाक, कान, घाँटी, दाँत, मुख सम्वन्धि ईसीजी, डिजिटल एक्से, अल्ट्रासाउण्ड, स्वचालित ल्याव फार्मेसी लगायतका सेवा उपलव्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्