विराटनगरमा कर्मचारीकी श्रीमती करणी गर्ने उद्योग संचालक जेल चलान

विराटनगरमा कर्मचारीकी श्रीमती करणी गर्ने उद्योग संचालक जेल चलान

विराटनगर, १६ जेठ । विराटनगरको एक उद्योग संचालक आफ्नै उद्योगमा काम गर्ने कर्मचारीकी  श्रीमतीलाई करणी गरेको आरोपमा पुर्पक्षको लागि जेल चलान भएका छन् ।

विराटनगर – ३ घर भएका ४५ वर्षीय दीपक गौतमलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको हो । जिल्ला अदालत मोरङका न्यायधीश महेन्द्र प्रसाद पोखरेलको ईजालशले गौतमलाई मंगलबार पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । अदालतको आदेशपछि गौतमलाई पूर्पक्षको लागि जिल्ला कारागार मोरङमा पठाईएको छ।
गौतम विराटनगर–३ बरगाछीमा सञ्चालित ‘फस्ट ग्रेभियर’ उद्योगका सञ्चालक हुन् । लामो समयदेखि सञ्चालित उद्योगमा प्लाष्टिक प्याकेजिङका लागि प्रि–डिजाईनका काम र सिटीपिको प्लेट बन्ने गरेको थियो । त्यही उद्योगमा कार्यरत कर्मचारीकी श्रीमतीलाई गत बैशाख १५ गते साँझ ७ बजे गौतमले उद्योगको परिवार बसेको कोठा भित्र लगेर जर्बरजस्ती करणी गरेको आरोप लागेको थियो । पीडित परिवारले १८ वैशाखमा प्रहरीमा उजुरी दिएपछि मोरङ प्रहरीले सोही दिन गौतमलाई पक्राउ गरेको थियो ।
गौतमको उद्योगमा काम गर्ने कर्मचारी र उनकी श्रीमती उद्योग परिषरमै लामो समयदेखि फेमिली क्वार्टरमा बस्दै आएका थिए । उद्योग सञ्चालकले आफूमाथि बलात्कार गरेको कुरा महिलाले आफ्ना श्रीमान्लाई बताएपछि घटना बाहिर आएको थियो । गौतमले १५ वैशाखमा उद्योगको बाथरूममा करणी गरेको आरोप छ । गौतमका दुई श्रीमती छन् ।
तर गौतमका परिवारले भने उनलाई फसाएको बताउँदै आएका छन् । त्यहीँ बस्दै आएका ति कर्मचारीले काम गराउन लगाउँदा चित नबुझेपछि यसरी फसाईएको गौतम परिवारको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्