राष्ट्रिय बहिरा प्रतियोगिता बिराटनगरमा शुरु, पहिलो खेलमा काठमाडौँ बिजयी

राष्ट्रिय बहिरा प्रतियोगिता बिराटनगरमा शुरु, पहिलो खेलमा काठमाडौँ बिजयी

विराटनगर, १६ जेठ ।
१० औं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
राष्ट्रिय बहिरा क्रिकेट संघको आयोजना तथा मोरङ बहिरा क्रिकेट संघको संयोजनमा विराटनगरस्थित सहिद रंगशालमा प्रतियोगिता सुरु भएको हो ।

उद्घाटन खेलमा काठमाडौं बहिरा क्रिकेट संघले सुनसरी क्रिकेट बहिरा संघलाई ३७ रनले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । ब्याटिङ गर्दै काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । जसमा संगम प्याकुरेलले ६१, अजय कर्णले २४ र किशोर सिंहले ३० रन बनाए । बलिङमा सुनसरीका अनिष श्रेष्ठले ३ तथा विवेक राई र अभि लिम्बूले समान १–१ विकेट लिए ।
१६० रनको विजयी लक्ष्य पछ्याएको सुनसरीले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय २२ रनमै समेटियो । जसमा रोशन खड्काले २८, निरज श्रेष्ठ र अभि लिम्बूले समान १३–१३ रन बनाए । बलिङमा काठमाडौंका अजय कर्णले २ विकेट लिए । खेलको म्यान अफ द म्याच काठमाडौंका संगम प्याकुरेल भए । प्रतियोगितामा झापा, मोरङ, सुनसरी, कास्की, रुपन्देही, दाङ, बाँके र काठमाडौंको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख रुपैयाँ, दोस्रोले ७५ हजार रुपैयाँ र तेस्रो हुनेले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्