प्रदेश सभामा कानुन मन्त्रीको जवाफ ‘पाँचथरको ९ जनाको हत्याकाण्ड : प्रहरीमाथि पनि अनुसन्धान’

<span class='c1'>प्रदेश सभामा कानुन मन्त्रीको जवाफ ‘पाँचथरको ९</span> <span class='c2'>जनाको हत्याकाण्ड : प्रहरीमाथि पनि अनुसन्धान’</span>

विराटनगर, १६ जेठ । पाँचथरको मिक्लाजुङमा ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा संलग्न भनिएका मृतक मानबहादुर माखिमलाई उनका कार्यशैली र गतिविधिका आधारमा प्रहरी अधिकारीहरूले निगरानीमा नराख्दा ठूलो घटना भएको प्रदेश सरकारले बताएको छ।

प्रदेशसभामा कांग्रेसले घटनाको विषयमा जवाफ माग गरेपछि बिहीबार संसदमा बोल्दै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले यस्तो बताएका हुन्। उनले घटना हुनुपूर्व मानबहादुर माखिमले गरेका गतिविधिका आधारमा उपर्युक्त निगरानी नहुँदा ठूलो घटना भएको बताए। आवश्यक चनाखो नभएको विषयमा इलाका प्रहरी, जिल्ला प्रहरीलगायतलाई पनि अनुसन्धान सुरु गरिएको जानकारी दिएका हुन्। ‘घटना हुनुपूर्व मानबहादुरले गरेको गतिविधिले उनलाई निगरानी गर्नुपर्ने खालको देखिन्छ,’ मन्त्री कार्कीले भने, ‘बेलैमा प्रहरीले उनलाई निगरानी गरेको भए यतिका ठूला घटना हुने थिएन कि भन्ने प्रश्न पनि उठेको छ।’

मन्त्री कार्कीले विभिन्न अनुसन्धानका क्रममा मृतक मानबहादुर माखिम नै घटनामा संलग्न भएको आधारहरु भेटिएको पनि संसदलाई जानकारी दिए। ‘घटनामा संलग्न मानिएका मानबहादुर नै संलग्न भएको आधार प्रहरीलाई थुप्रै प्राप्त भएको छ,’ कार्कीले भने, ‘शिशाको धूलो हालेको कुरादेखि त्यसअगाडि भएका कतिपय झैझगडा र त्यसपछि उनले कतिपय व्यक्तिहरुसँग गरेको कुराकानी पनि प्रमाणको रुपमा पाइएको छ।’

उनले घटनामा संलग्नको विषयमा अन्य पक्षसँग पनि प्रहरीले अनुसन्धान गरिरहेको बताए। पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत ६ गते सोमबार राति ससुरा–ज्वाइँ दुई परिवारका ९ जनाको वीभत्स हत्या गरिएको थियो। दुई घरमा गरी १० जनाको संख्यामा रहेको ससुरा बमबहादुर फियाक र उनका जेठा ज्वाइँ धनराज शेर्मासहित ९ जनाको मृत्यु हुँदा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी थिइन्।

उनको स्वास्थ्य उपचार भइरहेको मन्त्री कार्कीले जानकारी दिए। हत्या गरिएकामा ४१ वर्षीय धनराज, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू थिए। त्यसैगरी, फियाक परिवारका धनराजका ससुरा ७४ वर्षीय बमबहादुर फ्याक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फ्याक र २६ वर्षीया मनकुमारी फ्याकको पनि हत्या भएको थियो भने अनुसन्धानले संदिग्ध व्यक्तिको रूपमा देखाएका मानबहादुर मोखिम पनि झुण्डिएको अवस्थामा शव फेला परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्