विराटनगरको कोशी अस्पतालमा बेथिती, सरकारी अस्पतालका कर्मचारीको काम निजी प्याथोलोजीमा

<span class='c1'>विराटनगरको कोशी अस्पतालमा बेथिती, सरकारी</span> <span class='c2'>अस्पतालका कर्मचारीको काम निजी प्याथोलोजीमा</span>

विराटनगर, १७ जेठ । कोशी अस्पताल प्याथोलोजी विभागका कर्मचारी निजी प्याथोलोजीमा काम गर्छन्।

उनीहरूले अञ्चल अस्पतालमा कार्यरत चिकित्सकझैँ जागिर सरकारी अस्पतालमा भए पनि काम निजीमा गरेका हुन्।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ, अञ्चल अस्पतालको प्याथोलोजी विभागमा इन्चार्ज मेडिकल टेक्नोलोजिस्ट जयवेन्द्र यादव र ल्याब टेक्निसियन राजेन्द्रप्रसाद साहले अस्पतालले प्रवेशद्वारदेखि ५० मिटरभित्रै निजी प्याथोलोजी खोलेर काम गर्ने गरेका छन्। इन्चार्ज यादवले कोशी अस्पतालको गेट एडभान्स लयाब सञ्चालन गर्नुका साथै जनआन्दोलन चोकस्थित म्याक्स इन्टरनेसनल अस्पतालमा समेत प्याथोलोजी सञ्चालन गरेका छन्।

पुरानो र अनुभवी दुवै जनाले सञ्चालन गरेको ल्याबमा एक सहयोगी ल्याब असिस्टेन्ट राखेर स्याम्पल(परीक्षणका लागि जम्मा गरिएको रगत, दिसा–पिसाबलगायत) संकलन भएपछि निजी प्याथोलोजीमा आएर परीक्षण गर्ने गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्