विराटनगरमा ३ महिने सिपमुलक व्यूटिसियन तालिम सुरु

विराटनगरमा  ३ महिने सिपमुलक व्यूटिसियन तालिम सुरु

विराटगर १७ जेठ । विराटनगरमा ३ महिने सिपमुलक व्यूटिपालर सम्बन्धी तालिम सुरु भएको छ ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको सहयोग तथा हेल्भेटासको प्राविधीक सहयोगमा तालिम सुरु भएको हो । ३ महिने तालिम जीव केरीयर्स ईन्सीच्यूटको आयोजना तथा तबस्सुम व्यूटिपार्लरको सहकार्यमा तालिम महिलाहरुलाई तालिम प्रदान गरिएको हो ।
विराटनगर महानगरपालीकाका सामाजिक विकास महाशाखाका प्रमुख पुनम दाहालले उद्घाटन गर्नुहुदै यस्ता सिपमुलक तालिमले वेरोजगार भएर बसेका महिलाहरुलाई स्वारोजगार बनाउन मदत गर्ने बताउनुभयो । तालिममा सहभागी महिलाहरुलाई दत्तचित्त भएर तालिमको सदुपयोग गर्न समेत आग्रह गर्नुभयो ।
उदघाटन कार्यक्रममा हेल्भेटास समृद्धी परियोजनाकी सपना घिमिरे, राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल मोरङकी पूर्व उपाध्यक्ष कला डागी, जीव केरीयर्स ईन्सीच्यूटका अमर बराईलले तालिममा सहभागीहरुलाई ३ महिने तालिमको शुभकामना दिएका थिए । ३ महिने तालिमको सायदा तबस्सुम, अमिता पौडेल, पुष्पा प्रधान, र रञ्जना घिमिरेले प्रशिक्षण दिनेछन् । तालिममा महानगरभित्रका ४० जना महिला सहभागी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्