बिराटनगरकी शिखा घिमिरेको हत्या गर्ने दिनेशलाई जन्मकैदको फैसला

<span class='c1'>बिराटनगरकी शिखा घिमिरेको हत्या</span> <span class='c2'>गर्ने दिनेशलाई जन्मकैदको फैसला</span>

बिराटनगर जेठ १७ ।

विराटनगर १० का ३० बर्षीय दिनेश भट्टराईलाई अदालतले जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालत मोरङका न्यायधिस नारायण प्रसाद शर्माको एकल इजलासले पीडित परिवारलाई एक लाख रुपैया क्षतिपूर्ति सहित अभियुक्त भटराईलाई जन्मकैदको फैसला गरेको हो ।

अभियुक्त दिनेशले १ भदौ २०७५ जरुरी भेटघाटको बहाना बनाएर ग्रामथान गाउँपालिका ३ सिद्राहा स्थित फलैचामा २ धारिलो हतियार प्रहार गरी सोही ठाउँकी २३ बर्षीया प्रेमिका शिखा घिमिरेको छुरा प्रहार गरि निर्ममता पूर्वक हत्या गरेका थिए ।

प्रहरीका अनुसार फलैचामा बसेको बेला दिनेशले प्रेमिकाको टाउको घाँटी, पेट, शरिरमा छुरा प्रहार गरेका थिए । धारिलो हतियार प्रहार गरी हत्या हँुदै गरेको देखेका गाउँलेहरुले बाटो छेकेर घेरा हाली दिनेशलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । पहिले जन्मकैद सजाय हुँदा २० बर्षसम्म जेल बस्दा पुग्दथ्यो ।

[caption id="attachment_62121" align="alignnone" width="864"] दिनेश भटराई[/caption]

तर नयाँ फौजदारी अपराधसंहिता २०७४ लागू भएपछि जधन्य अपराध गर्नेैहरुलाई जिवनभरका लागि जन्मकैद हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्