विराटनगरको हाम्रो अस्पताल र जनता बैक विच सम्झौता, स्वास्थ्य सेवामा छुट

<span class='c1'>विराटनगरको हाम्रो अस्पताल र जनता बैक</span> <span class='c2'>विच सम्झौता, स्वास्थ्य सेवामा छुट</span>

विराटनगर १७ वैसाख । विराटनगर ४ मा रहेको हाम्रो अस्पतालल र जनता बैंक नेपाल लिमिटेड बैंक विच एक आपसमा विभिन्न सेवा प्रदानमा सझौता भएको छ ।
बैकका सम्पुर्ण ग्राहकहरु तथा कर्मचारीहरु र तिनका परिवारका सदस्यहरुलाई स्वास्थ्य उपचार सेवामा छुट सुविधा उपलब्ध गराउने सम्बन्धी दुई पक्षिय संझौता समेत हो ।
संझौता पत्रमा हाम्रो अस्पतालका सचालक तथा अस्पताल निर्देशक डा. शंकर प्रसाद अधिकारी र बैंकको विराटनगर तीनपैनी शाखाका प्रमुख श्री प्रशान्त शर्माले हस्ताक्षर गर्नुभएको छ ।
संझौता अनुसार जनता बैंकका ग्राहकहरु तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट उपचार सेवामा बिशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा सम्पूर्ण ओ.पि.डि. सेवा, ल्याब परिक्षणहरु, अंतरंग विभागमा भर्ना भई गरिने उपचार तथा शल्यक्रियाबाट गरिने उपचारमा प्रदान गरिने छ । यस छुट सुविधा अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहकको परिचय खुल्ने कागजात पेश गरी प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्