काठमाण्डाै–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने

काठमाण्डाै–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने

ओखलढुङ्गा, १७ जेठ । काठमाण्डाै–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । शुक्रबारदेखि हरेक साता काठमाण्डाैबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश १ को राजधानी विराटनगरसम्मको हवाई सेवा सुरु हुने भएको हो ।

झण्डै तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान शुरु गर्ने तयारी भएको प्रदेश सांसद अम्बिरबाबु गुरुङले जानकारी दिनुभयो । रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवर्द्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने उहाँको भनाइ छ ।

यसअघि गएको असोजमा तयारी गरिए पनि यात्रु अभावका कारण रुम्जाटारमा उडान सुरु हुनसकेको थिएन । नेपाल वायुसेवा निगमको विमानले हरेक शुक्रबार रुम्जाटारमा उठान भर्ने तयारी गरिरहेको निगमका क्षेत्रीय प्रबन्धक नारायण पुरीले बताउनुभयो । अहिले सातामा एक दिन सेवा दिने र यात्रुको चापका आधारमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरेर थप अरु दिन पनि उडान भर्ने योजना रहेको प्रबन्धक पुरीको भनाइ छ ।

उहाँका अनुसार हरेक शुक्रबार काठमाण्डाै–रुम्जाटार–विराटनगर र विराटनगर–रुम्जाटार–काठमाण्डाै उडान भर्ने निगमको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्