विराटनगर ३ को योजना तर्जुमा, नगरवासी ब्यवस्थित विकासको खाका कोर्न तयार हुनु पर्ने

विराटनगर ३ को योजना तर्जुमा, नगरवासी ब्यवस्थित विकासको खाका कोर्न तयार हुनु पर्ने

बिराटनगर, १७ जेठ ।
बिराटनगर महानगरपालिका योजना तर्जुमा गोष्ठी शुरु भएको छ । त्यही क्रममा वडा नम्बर ३ मा प्लास्टिक झोलामुक्त बनाउने अभियान देखि जेष्ठ नागरिकको सम्मानका योजना छनौटका क्रममा आएका छन् ।

सामाजिक र विकासका क्षेत्रमा समेत उल्लेख्य काम गरिरहेको वार्डले आगामी बर्षको योजना तर्जुमा तथा छनौट कार्यक्रम समेत आज सम्पन्न गरेको छ । वडाध्यक्ष बिनोद बस्नेतले निर्वाचित भएयता गरेका कामको बारेमा वडावासीलाई जानकारी गराएका थिए । सोही अबसरमा स्थानीय संग आगामी विकासका कार्यक्रम कस्तो बनाउने भन्ने विषयमा परामर्श गरिएको थियो ।
कार्यक्रममा बिराटनगर महानगरका मेयर भीम पराजुलीले महानगरको विकास नै मूल लक्ष्य रहेको बताए । जनअपेक्षा अनुरूप विकासका कार्यक्रम तयगर्न आबश्यक रहेको औल्याए । कार्यक्रममा उपमेयर ईन्दिरा कार्की , प्रमुख प्रशासकिय अधिकृत एकदेब अधिकारी लगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा जेष्ठ नागरिक मनमाया घिमिरे , धनपती दाहाललाई सम्मान गरिएको छ भने समयमै काम सम्पन्न गर्ने टोलसंगठनका तीनवटा अध्यक्षहरूलाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्