विराटनगरको न्यूरो हस्पिटलका न्यूरो सर्जन रोकाको कविता संग्रह सार्वजनिक

विराटनगरको न्यूरो हस्पिटलका न्यूरो सर्जन रोकाको कविता संग्रह सार्वजनिक

विराटनगर १७ जेठ । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको बरिष्ठ न्यूरो सर्जन डा. यम बहादुर रोकाले आफ्नो पहिलो पटक वान हन्ड्रेड एट पोयम्स नामक कविता संग्रह पाठक माझ ल्याउनुभएको छ ।

काठमाडौंको थापागाउँमा रहेको कुञ्ज थिएटरमा कविकी तथा न्यूरो हस्पिटलको बरिष्ठ न्यूरो सर्जनकी आमा नेत्रकुमारी रोकाले उक्त कविता संग्रह विमोचन गर्नुभयो । सो कविता संग्रहलाई बिमोचन गर्दै आमा नेत्रकुमारी रोकाले आफूलाई छोराका कविता साह्रै मन पर्ने गरेको कार्यक्रममा बताउनुभयो ।
कवि यमबहादुरको यो अंग्रेजी कविताहरूको सँगालो हो । संग्रहमा १०८ वटा कविता रहेको कुञ्ज थिएटरका अध्यक्ष कमल ढकालले बताउनुभयो । अध्यक्ष ढकालले डा.साब जति राम्रो सर्जन हुनुहुन्छ । उहाँका कविता पनि त्यत्तिकै प्रभावशाली रहेको बताउनुभयो ।
न्यूरो सम्बन्धी जटिल रोगकहरुको सफल सर्जनको रुपमा स्थापित डाक्टरले १०८ ओटा कविता कसरी र कति खेर लेख्नुभएको ? पत्रकारको प्रश्नमा कवि रोकाले आफूले अहोरात सेवग्राहीलाई सेवा प्रदान गरि सकेपछि , खाना खाएर समय बचेको बेला कविता सिर्जना गर्दै आएको अनुभव सुनाउनुभयो ।
उहाँले कविता संग्रहको बिक्रीबाट उठेको रकम बागलुङको स्कुलका विद्यार्थीहरूको पठनपाठनमा सहयोग गर्ने बताउनुभयो । उहाँले छिटै आफ्नो दोस्रो कवितासंग्रह पनि ल्याउने प्रतिबद्धता जाहिर गर्नुभयो ।
आफूलाई शल्याक्रिया सफल गरेर बिरामीलाई ठीक बनाई घर पठाउँदा जति आनन्द लाग्छ, कविता सिर्जना गर्दा पनि अर्को प्रकारको आनन्द मिल्ने गरेको बताउनुभयो । कविता लेखन आफ्नो सोख भएको उहाँले बताउनुभयो । यो कविता संग्रहलाई पिस बुक प्रालिले छापेको हो । पुस्तकको मल्य ३९९ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्