प्रदेश नम्बर १ मा एकलाख ३६ हजार वेरोजगार, प्रदेश २ मा सबैभन्दा धेरै बेरोजगार

<span class='c1'>प्रदेश नम्बर १ मा एकलाख ३६ हजार</span> <span class='c2'>वेरोजगार, प्रदेश २ मा सबैभन्दा धेरै बेरोजगार</span>

प्रेम देवान ।
विराटनगर, १७ जेठ । नेपालमा बेरोजगारीको तथ्याङ्गकलाई हेर्ने हो भने सबै भन्दा बढी बेरोजगारी भएको प्रदेश नम्बर २ हो । प्रदेश नम्बर २ मा २०.१ प्रतिशत वेरोजगारी भएको तथ्याङ्गक छ । सबैभन्दा कम बेरोजगारी भएको प्रदेश ३ रहेको छ । केन्द्रीय तथ्याङ्गक विभागले विराटनगरमा नेपाल श्रमशक्ति सर्वेक्षण प्रदेश स्तरीय नतिजा सार्वजनिक कार्यक्रममा विभागले यस्तो तथ्याङ्गक सार्वजनिक गरेको हो ।

तथ्याङ्गक विभागका अनुसार नेपालमा अझै ९ लाख ८ हजार जनसंख्या बेरोजगार रहेको देखिएको छ । जस मध्ये ५ लाख ११ हजार पुरुष र ३ लाख ९७ हजार महिला बेरोजगारीमा छन् । बेरोजगार मध्ये बसोबासको आधारमा ६ लाख ४० हजार शहरी क्षेत्रमा र २ लाख ६८ हजार ग्रामीण क्षेत्रमा रहेका छन् ।
प्रदेश नम्बर एकमा १५ बर्ष माथिको जनसख्या ३५ लाख ५६ हजार रहेको मध्ये १२ लाख ८ हजार जनसंख्या रोजगारीमा रहेका छन् । जस मध्ये ७ लाख ६६ हजार पुरुष र ४ लाख ४२ हजार महिला रहेका छन् । १५ बर्ष भन्दा बढी उमेरको जनसंख्या १ लाख ३६ हजार जनसंख्या बेरोजगार रहेको तथ्याङ्क छ । बेरोजगार मध्ये बसोबासको आधारमा शहरी क्षेत्रमा ९२ हजार छन् । त्यसैगरी प्रदेश नम्बर एकमा श्रमशक्ति सहभागिता दर जम्मा ३७.८ प्रतिशत रहेको छ । जसमा पुरुष ५२.७ र महिला २५.६ प्रतिशत रहेको छ ।
प्रदेश नम्बर एकमा जनसंख्या मध्ये ६४ प्रतिशत शहर र ३६ प्रतिशत ग्रामिण क्षेत्रमा रहेको पाईएको छ । रोजगारीमा रहेका पुरुषहरु मध्ये शहरमा ६२ प्रतिशत र ग्रामिण क्षेत्रमा ३८ प्रतिशत रहेका छन् ।
तथ्याङ्गक विभागले तेस्रो सर्वेक्षण अनुसार २०७४ असार देखि २०७५ भित्र गरेको सर्बेक्षणका आधारमा घरपरिवारको अबस्था सहितको तथ्यांक सार्बजनिक गरिएको केन्द्रीय तथ्याङ्गक विभागका निर्देशक देवेन्द्रलाल कारञ्जितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्