अमेरिकामा पुनः अर्को बन्दुक आक्रमण , आक्रमणमा १२ को मृत्यु

अमेरिकामा पुनः अर्को बन्दुक आक्रमण , आक्रमणमा १२ को मृत्यु

बीबीसी । अमेरिकाको भर्जिनिया राज्यमा रहेको भर्जिनियाँ बीच सहरको एक सरकारी भवन अन्धाधुन्ध बन्दुक आक्रमण भएको छ । हालसम्म प्राप्त भएको जानकारी अनुसार घटनामा कम्तिमा १२ मानिसको मृत्यु भएको छ र ६ घाइते भएका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार बन्दुक आक्रमण भर्जिनियाको एक सरकारी भवनमा भएको थियो ।

स्थानीय प्रहरीका अनुसार संदिग्ध आक्रमणकारी भर्जिनिया बीच म्युनिसिपल सेन्टरका कर्मचारी हो र उसले आफ्नै कार्यस्थलमा अन्धाधुन्ध गोलीबारी गरेको थियो ।

हालसम्म आक्रमणकारी पहिचान सार्वजनिक गरिएको छैन तथापी प्रहरीले उक्त व्यक्तिको पनि मृत्यु भइसकेको जानकारी दिएको छ ।

भर्जिनिया बीचका मेयर बबी डायरले घटनालाई शहरको इतिहासको सबैभन्दा ‘त्रासदीपूर्ण दिन’ बताए ।

अमेरिकामा हुने बन्दुक आक्रमणको लेखाजोखा राख्ने बेवसाइट ‘गन भ्वाइलेन्स अर्काइव’का अनुसार भर्जिनियाँ बीचमा भएको बन्दुक आक्रमण अमेरिकामा यो वर्ष भएको १५० औं घटना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्