विराटनगरको सेन्ट्रल मलद्धारा आफ्ना भाग्यशाली विजेतलाई बम्पर पुरस्कार प्रदान

विराटनगरको सेन्ट्रल मलद्धारा आफ्ना भाग्यशाली विजेतलाई बम्पर पुरस्कार प्रदान

विराटगनगर १८ जेठ । सेन्ट्रल मल विराटनगरले आयोजना गरेको एक महिने शुभारम्भ भाग्यशाली कार्यक्रम अन्र्तगतको बम्पर पुरस्कार विजेतालाई हस्तान्त्रण गरेको छ ।
सेन्ट्रल मलले शनिबार एक साङगीतिक कार्यक्रमको आयोजना गरि बम्पर उपहार विजेताहरुलाई हस्तान्त्रण गरेको हो । सेन्ट्रल मलमा एक हजार भन्दा बढीको सामान गरिद गरे वापत लक्की ड कुपनको व्यावस्था गरिएको थियो । बम्पर पुरस्कार अन्र्तगत युरोप भ्रमणका लागि विराटनगर २ का विवेक चौहान भाग्यमानी विजेता भएका थिए ।
उनले युरोप टुरको आउने–जाने दुवैको खर्च सेन्ट्रल मलले व्यावस्था गर्नेछ । त्यसैगरी लक्की ड्र अन्तरगत विराटनगर कै सुष्मा सुब्बाले यामाहा वाईक पाएकी थिईन् । करिब एक महिनाको अबधिमा सामान खरिद गर्न आएका मध्येबाट तेस्रो पुरस्कार अन्तर्गत विराटनगर ९ की उर्मिला कार्कीले यामाहा कम्पनीको स्कुटी हात पारेकी थिईन् ।
विजेताहरुलाई सामाजसेवी उद्योगी वेनी गोपाल मुन्दडा, विकास चौधरी लगायतले हस्तान्त्रण गरेका थिए । साथै पुरस्कार हस्तान्त्रण कार्यक्रममा कालिप्रसाद बास्कोटा , द स्मिृती व्याण्डले साँगितीक प्रस्तुती दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्