विश्‍वकप क्रिकेट : अष्ट्रेलियालाई २ सय ८ रनको लक्ष्य

विश्‍वकप क्रिकेट : अष्ट्रेलियालाई  २ सय ८ रनको लक्ष्य

एजेन्सी । नजिबुल्लाह जद्रानको अर्धशतकमा अफगानिस्तानले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो खेलमा अष्ट्रेलियासामु २ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ३८ दशमलव २ ओभरमा २ सय ७ रनमा अलआउट भएपछि अष्ट्रेलियाले २ सय ८ रनको लक्ष्य पाएको हो । कन्ट्री ग्राउन्ड ब्रिस्ट्रोलमा अफगानिस्तानका लागि नजिबुल्लाह जद्रानले अर्धशतक बनाए । ४९ बल खेलेका उनले ७ चौका र ६ छक्काको मदतमा ५१ रन रन बनाए । अफगानिस्तानको इनिङसलाई सम्हालेका उनी स्टोनिसको बलमा एलेक्समार्फत क्याच भए ।

ओपनर मोहमद शेहजाद र जजाई खाता नै नखोली पवेलियन फर्किपछि दबाबमा परेका अफगानस्तानलाई रहमत साह र हाश्मतुल्लाह सहिदीले केही उकासेका थिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रहमतले जाम्पाको बलमा स्मिथमार्फत क्याच हुनुअघि ४३ रन बनाएका थिए । ६० बल खेलेका उनले ६ चौका प्रहार गरे । हाश्मतुल्लाहले १८ रनको योगदान दिए । उनी पनि जाम्पाको बलमा एलेक्समार्फत आउट भएका थिए ।

मोहमद नाबि ७ रनमा रनआउटको शिकार हुँदा कप्तान गुल्बदीन नइबले ३१ रन जोडे । ४ चौका र १ छक्का प्रहार गरेका उनी स्टोनिसको बलमा एलेक्समार्फत क्याच भए ।

रासिद खानले अफगानस्तालाई गतिलो रनतर्फ डोर्‍याए । जाम्पाको बलमा एलबिडब्लु धरापमा पर्नुअघि रासिदले ११ बलमा २ चौका र ३ छक्काको मदतमा २७ रन बनाउँदा दवलत जद्रान ४ रनमा कुमिन्‍सको शिकार भए । मुजिब रहमान १३ रनमा आउट हुँदा विश्वकपमा डेब्यु गरेको युवा स्टार हमिद हसन १ रनमा अबिजित रहे ।

अष्टेलियाका लागि एडम जाम्पा र प्याट कुमिन्सले समान तीन-तीन विकेट लिए । मार्कुस स्टोनिस दुई विकेट लिँदा मिचेल स्टार्कको नाममा एक विकेट रह्‍यो । २ सय ८ रनको मध्यम लक्ष्य पाएको अष्टेलियाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।  दुबै टोली विजय सुरुआत गर्ने लक्ष्यमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्