सञ्चालनमा आएन विराटनगरको एकीकृत फलफूल तथा तरकारी थोक बजार

<span class='c1'>सञ्चालनमा आएन  विराटनगरको एकीकृत</span> <span class='c2'>फलफूल तथा तरकारी थोक बजार</span>

विराटनगर, १९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको मोरङको कटहरी गाउँपालिकास्थित जमटोकीमा निर्मित एकीकृत फलफूल तथा तरकारी थोक बजार उद्घाटन भएको अढाई महीना बिते पनि सञ्चालनमा आउन सकेको छैन । कानूनको अभाव देखाएर करोडौं लगानी भएको भौतिक पूर्वाधार सञ्चालनमा ल्याउन नसक्दा कृषि बजार क्षेत्र झारले जेलिएको छ ।

प्रदेश नम्बर १ सरकार मातहत सञ्चालन हुने थोक बजार विश्व बैंकको १६ करोड रुपैयाँको आर्थिक सहयोगमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले निर्माण गरेको हो । गत चैत ३ गते कृषि बजारको उद्घाटन भएको थियो । प्रदेश सरकारले नीति बनाएर कृषि बजार सञ्चालनमा ल्याउनुपर्ने भए पनि आवश्यक काम हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो ।

गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले गाउँपालिका र प्रदेश सरकारबीचको सहमतिमा कृषि बजार सञ्चालन हुनुपर्ने भए पनि कुनै छलफल नभएको बताए । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भने कृषि बजार सञ्चालनको विधि तथा प्रक्रिया तयार नभई प्रदेश सरकारलाई हस्तान्तरण भएको जानकारी दिएको छ ।
मन्त्रालयका सचिव हस्तबहादुर विष्टले बजार सञ्चालनको कार्यविधि निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिए । उनले सञ्चालन कार्यविधि प्रदेश मन्त्रिपरिषद्बाट स्वीकृत भएलगत्तै बजार सञ्चालनमा ल्याउने दाबी गरे ।

कृषि बजारमा थोक विक्री कक्ष, कृषक विक्री सेड, ३० ओटा स्टल, प्रशासकीय भवन, बैंक शाखालगायतको सुविधा छ । सीसी क्यामेराको निगरानीमा रहने बजारमा आगलागी नियन्त्रण गर्न भूमिगत रूपमा पानीको व्यवस्थापन पनि गरिएको छ । बजारबाट वार्षिक ४४ हजार ९ सय ६६ मेट्रिक टन तरकारी र १० हजार मेट्रिक टन फलफूल विक्री गर्न मिल्ने मन्त्रालयले बताएको छ । अभियान दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्