बिराटनगरमा मिस्टर एण्ड मिस टिन पुर्वान्चलका प्रतियोगीको ट्यालेन्ट राउण्ड सम्पन्न

बिराटनगरमा मिस्टर एण्ड मिस टिन पुर्वान्चलका प्रतियोगीको ट्यालेन्ट राउण्ड सम्पन्न

बिराटनगर जेठ १९ ,

बिराटनगरमा मिस्टर एण्ड मिस टिन पुर्वान्चलका प्रतियोगीको ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । बिराटनगरको मेरिल्याण्ड कलेजमा आयोजना गरिएको ट्यालेन्ट राउण्डमा प्रतियोगीहरुले आफुमा भएको बिभिन्न कला प्रस्तुत गरेका थिए ।

प्रतियोगीले नृत्य,गायन,अभिनय तथा बोल्ने कला प्रस्तुत गरेका थिए । ट्यालेन्ट राउण्डको निर्णायकको रुपमा हिसान का केन्द्रीय अधक्ष्य भेष राज पोखरेल ,ओबी मिडिया प्रालिका प्रबन्ध निर्देशक बिबेक दाहाल , उद्यमी स्वेता तुलाधर , कलाकार दिनेश कोइराला,प्रकाश सुब्बा,डान्सर साहिल खान र प्राध्यापक सन्तोष आचार्य रहेका थिए ।

प्रतियोगीको केहि उत्कृष्ट र मार्मिक प्रस्तुतिले दर्शकको समेत आखा रसाएका थिए ।

मिस्टर एण्ड मिस टिन पुर्वान्चलका २५ प्रतियोगीले उक्त ट्यालेन्ट राउण्डमा सहभागिता जनाएका थिए । प्रतियोगिताको फाइनल जेठ ३२ बिरेन्द्र सभागृहमा  हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्