रंगेली, १९ जेठ ।
मोरङको रंगेली नगरपालिका ९ स्थित धन्जुवामा आईतबार बिहान चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ । सोही स्थान बस्ने बर्ष ५० का देवलाल यादवको बिहान ८ बजे घरवाट बाहिर भैंसीलाई किला ठोक्ने क्रममा वर्षा सहित आएको चट्याङ पर्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।