विराटनगरको कोइराला निवासबाट सरकारले सुरक्षाकर्मी हटायो, पहिलो पटक लाग्यो ताला

<span class='c1'>विराटनगरको  कोइराला निवासबाट सरकारले सुरक्षाकर्मी</span> <span class='c2'>हटायो,  पहिलो पटक लाग्यो ताला</span>

विराटनगर,१९ जेठ । सरकारले विराटनगरस्थित कोइराला निवासबाट सुरक्षाकर्मी हटाएको छ । पूर्व प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको समेत निवासमा २०५४ सालमा सशस्त्र प्रहरीको टुकडी तैनाथ गरी सुरक्षाकर्मी राखिएको थिययो ।

तर, गत बिहीबारबाट सुरक्षाकर्मीहरु एक्कासि हटाइएको कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए । उनले भने, ‘‘यसबारे डा. शेखरले गृहमन्त्रीको समेत ध्यानाकर्षण गराउनु भयो तर सुनुवाई भएन ।’’ सुरक्षाकर्मीको उपस्थिति हुँदा सुरक्षित मान्ने गरिएकोमा उनीहरु हटेपछि ऐतिहासिक धरोहर मानिएको कोइराला निवास ‘असुरक्षित’ भएको थपलियाले बताए ।

सधै खुला हुने निवासमा विहीबार पहिलो पटक चाबी लागेको छ । सामानहरु जस्ताको तस्तै राखिएको  सामान चोरी होला वा के होला ? भन्ने चिन्ता थपिएको बताइएको छ ।  थपलियाले भने, ‘‘मैले आफैं पनि आइजीपीसँग सानो समूहमा भएपनि सुरक्षाकर्मी राख्न सकिँदैन भनेर जिज्ञासा राखे ।’’ २०५४ सालमा पछाडिबाट माओवादीले बम हानेपछि कोइराला निवासमा सुरक्षार्थ सुरक्षाकर्मी राखिएको थियो । त्यहाँ सुरक्षाकर्मी बस्न क्वाटर तथा अलग्गै भान्साको समेत व्यवस्था थियो ।

सशस्त्र प्रहरीका असइको नेतृत्वमा एक दर्जन सुरक्षाकर्मी निवासको सुरक्षामा खटिएका थिए । निवास अवलोकन गर्न देशका विभिन्न भागबाट दैनिक मानिसहरु पुग्छन् । निवास परिसरमा टिनको घर छ । भाटाको बेरामा माटोले लिपपोत गरिएको छ । आकर्षक फूलबारी छ ।

यहीँबाट पिताजी कृष्णप्रसाद कोइरालाले राणा प्रधानमन्त्री चन्द्र शम्शेरलाई जनताको वास्तविक अवस्था देखाउन फाटेको भोटो पार्सल गरेर पठाएका थिए । प्रजातान्त्रिक आन्दोलन र समाज सुधारको बिगुल यहीँबाट फुकिएको थियो । उनका तीनवटै छोरा मातृका, वीपी र गिरिजाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भए ।१२ खरीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्